शहरभित्र

देश बचाउन आए राजा

गणतन्त्रवादीहरूको सरकारले कतारका राजालाई स्वागत गरेको देखेर नेपालका राजावादीहरू नै चित खाएका छन् । शायद मनमनै भन्दा हुन्, यत्तिको सम्मानै गर्ने हो भने आफ्नै देशको राजालाई गर न । किन विदेशको राजालाई गर्ने ? यिनीहरू विदेशबाट सञ्चालित भनेको यसैबाट पुष्टि भइहाल्यो नि ! आफ्नै देशको राजा हुँदाहुँदै विदेशी राजालाई सम्मान गरेपछि विदेशीबाट सञ्चालित भन्ने पुष्टि भएन त ? तर म भन्छु, अहिले कतारको राजा नेपाल आउनु र नेपालमा उहाँको भव्य स्वागत हुनुबाट नेपालका राजावादीहरू त खुशी …