बालेनको कर्मचारी, गृहमन्त्रीको खास अधिकारी
भदौ २३ र २४ गतेको जेनजी आन्दोलन आफूहरुले हाँकेको बताउँदै आएका धिरज जोशी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको कर्मचारी भएको खुलेको छ । बालेनद्वारा महानगरमा नियुक्त उनी हाल गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयमा पुगेका छन् ।
उनी महानगरको शहरी योजना आयोगमा सहायक विज्ञ थिए । आयोगको सचिवालय प्रमुख धनबहादुर बस्नेतले उनले राजीनामा दिएको केही समय बितेको बताए । जनआस्थासँग भने,‘उहाँले राजीनामा दिइसक्नुभयो । गृहमन्त्रीज्यूको स्वकीय हुनुभन्दा दुई&…