मेडिकल काउन्सिलको भूमिकामाथि उठाइयो अर्को प्रश्न
विराटनगरको नोबेल शिक्षण अस्पतालमा नाकको शल्यक्रियाका क्रममा भएको गम्भीर चिकित्सकीय लापरवाहीका कारण ७ वर्षीय बालकले दाहिने आँखा गुमाएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको निर्देशनमा गठित छानबिन समितिले अप्रेसनमा संलग्न चिकित्सकहरूको लापरवाही रहेको निष्कर्ष निकाल्दै उनीहरूमाथि कारबाहीका लागि नेपाल मेडिकल काउन्सिललाई सिफारिस गरेको छ ।
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा सुनसरीको इटहरी उपमहानगरपालिका–१, हासपोसाका ७ वर्षीय जेनिस पाठकको नाकभित्र पलाएको मासुको उपचार…