दलाई लामाका अर्का मान्छे पनि शंकास्पद
तिब्बती धर्मगुरु दलाई लामाको दूतले नेपाली नागरिकता लिएको घटना सेलाउन नपाउँदै उनका अर्का प्रतिनिधिको नागरिकता विवाद सतहमा आएको छ । लामाका अर्काे चेलाले पनि नेपाली नागरिकता लिएको खुलेको छ । ‘फ्रि तिब्बत अभियान’ मा संलग्न तेम्बा युङथुङ लामाले जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट लिएको नागरिकता नम्बर ८९२९९ रहेको छ ।
२०२९ माघ १५ गते जन्मिएका उनको नागरिकता वंशजको छ । रोचक प्रसंग के भने, उनले २४ वर्ष ९ महिना हुँदा नागरिकता बनाएका छन् । जबकि, नेपाली …