राजनीति

महिमानको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टले दायर गरेको रिट निवेदनमा कैफियत प्रतिवेदन झिकाउने आदेश भएको छ । सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको हो । चौधरीलाई जेल चलान गर्न अनाधिकृत पत्र लेखेको कसुरमा आफूमाथि दोहोरो कारबाही गरिएको भन्दै उनले सर्वोच्चको प्रशासन महाशाखासमेतलाई विपक्षी बनाएर गत असार २२ गते मुद्दा दायर गरेका थिए ।  …

Page 144 of 925