मदनका चार श्रीमती
मदन भण्डारी एमालेका महान् नेता हुनुहुन्थ्यो । यसमा शंकै छैन । उहाँको जीवन घामजत्तिकै पारदर्शी थियो । त्यो पनि कसैबाट छिपेको छैन । हामीलाई त त्यही भनिएको हो । तर, उहाँका पनि कतिपय छिपेका कुरा रहेछन् जो कसैलाई थाहा छैन, प्रधानमन्त्री केपी ओलीलाई बाहेक । अस्ति मदन भण्डारीकै जन्मोत्सव कार्यक्रममा उहाँले यो कुरा उजागर गर्नुभयो । भन्नुभयो कि मदनका चार श्रीमती छन् भन्ने कुरा पनि आएको थियो । कहाँबाट आएको हो त्यो त भन्नुभएन । यति मात्रै भन्नुभयो कि मदनका चार श्रीमती थिए भन्ने कुरा आ…