एकातिर करुणा रस, अर्कातिर निरन्तर उठबस !
अलि अगाडितिरको कुरा हो, नेपाल प्रहरीमा एक जना ‘हनुमानप्रसाद’ भनिने प्रहरी अधिकृत थिए । मकवानपुरमा हुँदा उनी सायद डिएसपी थिए । कस्ता भने, चरम धार्मिक अनुयायी । कोही चोर समात्न जाँदा चोरचाहिँ घरमा धोतीपटुका बेरेर पूजापाठ गर्न थालेका रहेछन् भने उनी पनि पण्डितले भनेअनुसार आचरणमा बसेर धार्मिक अनुष्ठान गरिरहेका मान्छेलाई छाड्नुपर्छ भन्ने मान्यता राख्थे । डिएसपी पूजापाठ हेरिरहँदा चोरचाहिँ कपडा फेरेर भागिसक्न भ्याउँथे । प्रहरीको यो करुणाभाव सकियो होला भन्ने लागे…