अपहरित चार अमेरिकी पर्यटकमध्ये दुई जना मारिए
मेक्सिको भ्रमणमा गएका चार जना अमेरिकी पर्यटकमध्ये दुई जना मारिएका छन् । अपहरित उनीहरुमध्ये दुई जनालाई प्रहरीले तत्काल उद्धार गरेको छ । उद्धार गरिएका दुई जनालाई उपचारको निम्ति अमेरिकाको टेक्सास राज्य ल्याइएको छ ।
न्यूयोर्क टाइम्सका अनुसार चार जना अमेरिकी युवा सडक मार्ग भएर मेक्सिको गएका थिए । तीमध्ये एक जना मेक्सिकोमा प्राकृतिक उपचारको माध्यमबाट भुँडी घटाउन गएको समाचारमा उल्लेख छ ।
तर, सीमावर्ती माटोमोरोस सहर पार गर्ने बितिक्कै उनीहरुको सवारी साधनमाथि बन्दुकधारी…