दक्षिण सुडानमा पुनः मडारिँदै अस्थिरताको कालो बादल
दक्षिण सुडानको पछिल्लो राजनीतिक र सुरक्षा स्थिति अत्यन्तै जटिल र चिन्ताजनक बन्दै गएको छ । सन् २०१८ मा भएको शान्ति सम्झौतापछि केही स्थिरता देखिए पनि पछिल्ला घटनाक्रमले अफ्रिकी मुलुकलाई पुनः अस्थिरतातर्फ धकेल्ने संकेत देखिन थालेको छ ।
राजनीतिक तनाव र गिरफ्तारी :
यो वर्षको मार्च महिना लागेपछि राष्ट्रपति साल्भा कीर र उपराष्ट्रपति रिएक मचारबीचको सम्बन्धमा तनाव बढ्दै गएको छ । राष्ट्रपति कीरका समर्थक सेनाले उपराष्ट्रपति मचारको निवासलाई घेराबन्दी गर्दै उनका निकट सहयोगीहरूलाई पक्राउ ग…