डोनाल्ड ट्रम्पका आगामी निर्णयपछि अमेरिका विश्व मञ्चबाट एक्लिँदै !
नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालको निम्ति शपथ ग्रहणलगत्तै अचम्मको निर्णय गर्न आवश्यक प्रक्रिया थालेका छन् । उनले आगामी जनवरी २० तारिखका दिन शपथ ग्रहणलगत्तै अमेरिका विश्व स्वास्थ्य संगठनबाट अलग भएको घोषणाको निम्ति आवश्यक निर्णय लिने भएका छन् ।
उनले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का चर्को आलोचक रोबर्ट एफ केनेडी जुनियरलाई क्याबिनेटमा वरिष्ठतासँगै स्वास्थ्यमन्त्री बनाउने तयारी गरिसकेका छन् । ‘फाइनान्सियल टाइम्स’ का अनुसार कोरोना महामारीको द…