गृहमन्त्रीको घरमा आगो लगाएका प्रदर्शनकारीको निशानामा सुरक्षागार्ड
पाकिस्तानमा प्रदर्शनकारीले सिन्ध प्रदेशका गृहमन्त्री जियाउल हसन लञ्जरको घर जलाइदिएका छन् । प्रदर्शनकारीले घरको सुरक्षामा खटिएका प्रहरीलाई समेत कुटपिट गरेको खबर छ ।
सिन्ध नदीमा नहर बनाउने सरकारको निर्णयविरुद्ध हिजो दिउँसो एक राष्ट्रवादी संगठनका कार्यकर्ताले प्रदर्शन गर्ने क्रममा प्रहरीसँग झडप भएको थियो । त्यसपछि गृह मन्त्रालयले दमन गरेको भन्दै प्रदर्शनकारीले मन्त्री हसनको घरमा आगो लगाइदिएका हुन् ।
सरकारले नहर बनाएर स्थानीय किसानको जमीन र पानी खोस्न खोजेको प्रदर्शनका…