भारतीय प्रधानमन्त्रीलाई पनि अनेक आपत्
युक्रेनबाट फर्केलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरेका छन् । मोदीले गत शुक्रबार राजधानी किभ पुगेर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
गत जुलाईमा भारतीय प्रधानमन्त्रीको रुस भ्रमणको क्रममा मस्कोमा राष्ट्रपति पुटिन र प्रधानमन्त्री मोदीबीच त्यस्तै भेटवार्ता भएपछि युक्रेनले भारतसँग असन्तुष्टि जनाएको थियो । अहिले किभबाट नयाँ दिल्ली फर्केपछि राष्ट्रपति पुटिनसँग भएको टेलिफोन वार्तालाई मस्कोको अ…