भारतीय प्रधानमन्त्री युक्रेन जाँदै
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको भ्रमण गर्न लागेका छन् । उनी आगामी शुक्रबार युक्रेन जाने टाइम्स अफ इण्डियाले जनाएको छ । तर, अधिकारीहरुले भ्रमणको मिति तय भइनसकेको उल्लेख गरे ।
रुस र युक्रेनबीच युद्ध भएयता प्रधानमन्त्री मोदीले पहिलो पटक किभको भ्रमण गर्न लागेका हुन् । यसअघि गत जुलाईमा मोदीले रुसको भ्रमण गरेका थिए । मस्कोमा राष्ट्रपति पुटिनसँग अंकमाल गरेपछि युक्रेनी राष्ट्रपति भत्र्सना गरेका थिए ।
मोदी मस्को पुग्नुअघि रुसले आफ्नो मुलुकका केही शहरमा आक्रमण गरेर जनधनमा क्षति पुर्याएको अवस्थामा पुटिनसँग अंकमाल गर्नुलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कडा शब्दमा विरोध जनाएका थिए । अहिले उनै मोदी किभ भ्रमणमा जानुअघि युक्रेनले लगातार रुसी सीमा क्षेत्रमा आक्रमण गरेको समाचार आइरहेका छन् ।
पश्चिमा मुुलुकहरुले भारतलाई युक्रेन युद्धपछि रुससँगको निकट सम्बन्धलाई निश्चित दूरीमा राख्न सुझाउँदै आएका छन् । भारतीय प्रधानमन्त्रीले युक्रेनसँगै पोल्याण्डको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
टिप्पणीहरू