आक्रमणपछि बिदामा बसेका भारतीय सैनिकलाई ब्यारेक फर्किन मोदीको निर्देशन
आतंकवादविरुद्ध भन्दै पाकिस्तानमाथि सैन्य कारबाही गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्वदलीय बैठक डाकेका छन् । झण्डै डेढ घण्टा चलेको बैठकमा प्रधानमन्त्री मोदीले रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अमित साह र विदेशमन्त्री एस जयशंकरलाई समन्वय गरेर ‘सिन्दुर अपरेसन’को आगामी रणनीति बनाउन निर्देशन दिएको समाचार छ ।
उनले बिदामा बसेका भारतीय सैनिकलाई तत्काल काममा फर्किन निर्देशन दिएको बताइन्छ । विपक्षी दलका नेता राहुल गान्धीले पनि आतंकवादविरुद्धको अभियानमा…