ट्रम्पलाई पनि पैसावाल नै प्यारो
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको केही घण्टापछि सत्ताको बागडोर सम्हाल्दै छन् । शक्तिराष्ट्रको शक्तिशाली पदमा पुगेका उनको शपथग्रहण कार्यक्रम नेपाली समयअनुसार भरे मध्यरातलाई राखिएको छ ।
समारोहमा अमेरिकाको डेढ सय वर्षको पछिल्लो इतिहासमा पहिलो पटक विदेशी राष्ट्रका प्रमुख तथा सरकार प्रमुखलाई निम्ताइएको छ । तर, अधिकांश मुलुकका प्रमुख तथा सरकार प्रमुखले आफ्ना विशेषदूतलाई पठाउने जानकारी दिएका छन् । चीनका राष्ट्रपतिले उपराष्ट्रपतिलाई र भारतका प्रधानमन्त्रीले वि…