हिजबुल्लाहको आक्रमणपछि इजरायलमा ४८ घण्टे संकटकाल

हिजबुल्लाहको आक्रमणपछि इजरायलमा ४८ घण्टे संकटकाल

लेबनानको हिजबुल्लाह समूहसँग बढ्दो टकरावका कारण इजरायलमा संकटकाल घोषणा गरिएको छ । हिजबुल्लाहले आज बिहान ३२० वटा रकेट बम प्रहार गरेपछि सुरक्षा खतरालाई मध्यनजर गर्दै इजरायल सरकारले कम्तिमा ४८ घण्टाका लागि संकटकाल घोषणा गरेको जनाएको छ । 

इजरायली रक्षामन्त्री योव ग्यालेन्टले आगामी ४८ घण्टा घरभित्रै बस्न नागरिकलाई निर्देशन दिएका छन् । हिजो अबेर राति आइडिएफले हिजबुल्लाहको रकेट परीक्षण क्षेत्रमा करिब सय वटा फाइटर जेटले आक्रमण गरेको थियो । 

टाइम्स अफ इजरायलका अनुसरा आइडिएफले पहिलो आक्रमण गरेपछि हिजबुल्लाहले कडा प्रतिकार गरेको हो । हिजबुल्लाहले आक्रमण शक्तिशाली हुने  आइडिएफ फोर्सले नसोचेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इजरायलले आक्रमणको कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो देशमाथि आक्रमण गर्ने जोसुकैलाई नछाड्ने उद्घोष गरेका छन् । ‘हामी हाम्रो देशको सुरक्षाको लागि जे पनि गर्न तयार छौ’, उनले भनेका छन्, ‘जसले हामीलाई नोक्सान पुर्याउँछ, उसले पनि त्यसको परिणाम भोग्नैपर्छ ।’ 

इजरायलको उक्त चेतावनीलाई कतिपयले मुर्खतापूर्ण कदम ठानेका छन् । दुई देशको विवादलाई संवादबाट समाधान गर्नुपर्नेमा अर्को हमलाका लागि एक हजार रकेट तयार पारेर उसले मुर्खता प्रदर्शन गरेको अन्तर्राष्ट्रिय समुदायको टिप्पणी छ।
 

टिप्पणीहरू