दक्षिण कोरियाली राष्ट्रपति कार्यालयमा प्रहरी कारबाही
दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीले छापा मारेको छ । राष्ट्रपति युन सुक–योलको कार्यालयमा राष्ट्रपतिको सुरक्षा टोलीलाई जानकारी नदिई एक्कासी छापा मारिएको बताइएको छ ।
दक्षिण कोरियाली समाचार संस्था योनहापका अनुसार सिओल महानगरीय प्रहरी र नेसनल एसेम्बली प्रहरी गार्डका कार्यालयहरूमा पनि छापा मारिएको छ । प्रहरीले छापा मारेको समयमा राष्ट्रपति युन आफ्नो कार्यालयमा उपस्थित भए नभएको बारे परस्पर बिरोधी समाचार प्राप्त भएको छ ।
गत मंगलबार राति राष्ट्रपति युनले मुलुकभर सैनिक शासन लागुको घोषणा गरेका थिए । उक्त कदमको व्यापक विरोधपछि उनले आफ्नो निर्णय फिर्ता लिएका हुन् । त्यसपछि राष्ट्रपति विरुद्ध निरन्तर प्रदर्शन भइरहेको छ ।
टिप्पणीहरू