चीनको भूकम्पमा ज्यान गुमाउनेको संख्या ६५ पुग्यो
चीनको दक्षिण–पश्चिम सिचुआन प्रान्तको लुडिङ काउन्टी नजिकै गएको भूकम्पमा मृत्यु हुनेको संख्या ६५ पुगेको छ । भूकम्पमा एक सय ७० जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
गाञ्जी तिब्बती स्वायत्त प्रिफेक्चरमा ३७ जना तथा याआन सहरको शिमियान काउन्टीमा २८ जनाको मृत्यु भएको बताइएको छ । गाञ्जीमा १२ जना हराइरहेका छन् भने ५६ जना गम्भीर घाइते भएका छन् ।
भूकम्पका कारण विभिन्न साना सहरका भवनहरूमा क्षति पुगेको समाचारमा बताइएको छ । हजारौँ मानिस विस्थापित भएका छन् भने अहिले पनि प्रभावित…