विपदलाई अवसरमा बदल्ने एक जनप्रतिनिधि

विपदलाई अवसरमा बदल्ने एक जनप्रतिनिधि

वैदेशिक रोजगारबाट फर्केका र यही बसेर कृषि क्षेत्रमा काम गर्नेले बुद्धि तिम्सिना ९८४३०१९२९५ मा सम्पर्क गर्नु होला ।

यो राहत होइन, काम दिने सूचना हो । आउँदा दिनहरुमा कठिन हुन सक्ने वैदेशिक रोजगारीको आशालाई धुमिल बनाउँदै रोजगारी प्रदान गर्दै स्वावलम्बी बनाउने कदम हो यो । विपद्लाई अवसरमा परिवर्तन गर्ने सोचको कदम हो यो । नगरपालिका विभिन्न पाँच स्थानमा स्थापित क्वारेन्टाइन स्थलहरुमा बस्नेहरुले आफ्नो अनुभवहरुको पुलिन्दा छोडेका छन् । यतिमात्र होइन क्वारेन्टाइनमा बसेका बेलका नगरपालिकाका एक सय ५० जनाले व्यवसायिक कृषिका निम्ति आधारभूत सीप तालीम हासिल गर्नुका साथै बीउविजनहरु बोकेर घर फर्किएका छन् । २८ बैशाख २०७७ मा १२ जनाले हाँसी हाँसी क्वारेन्टाइन छोडेपछि क्वारेन्टाइन खाली भएको छ । तर बेलका नगरपालिको नेतृत्व ढुक्क छैन, आपतमा पर्नेहरुको लागि घुम्ती स्वास्थ्य सिविर खडा गर्दै गाउँ गाउँ घुम्न सुरु गरेको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना कहरपछि नेपालमा सुरुभएको बन्दाबन्दीको भोलीपल्टैदेखि प्रत्येक रात ८ बजे फेसबुक लाइभमा आएर प्रत्येक दिन जनतासँग साक्षात्कार हुने निकै कम जनप्रतिनिधि मध्येका एक हुन उनी । उनी अर्थात् दुर्गाकुमार थापा । तर घरगाउँलेहरुले माया गरेर स्वस्ती स्वस्ती भन्ने गर्छन् । स्वस्तीको नेतृत्वले कोरोनाको कहर भोगेकाहरुको अनुभवको अभिलेख खडा गरेर किताब छाप्ने निधो गरेको छ । उनले कोरोना कहरबाट बच्नको निम्ति चालेका कदमहरु अन्य स्थानको लागि पनि उदाहरण हुन सक्छ भन्ने देखिन्छ ।

प्रत्येक रात जनतासँग फेसबुकमार्फत् भेटघाट गर्नेहरुले लाइभमा ढिलो हुने वित्तिक्कै गुनासो गर्न सुरु गर्छन् । त्यस्तै गनगन गर्ने सयौं मध्ये मध्येकैं एक हुन गनराज राई । उनीहरु मेयर थापा बोलेको मात्र होइन् कमेन्ट पनि गर्छन र समस्या पनि राख्छन र समाधान पनि खोज्छन् । उनले पनि सबैको चित्त बुझाउने गरी जवाफ दिने प्रयास गर्छन् । सुझाव र सल्लाह माग्छन् । उनी भन्छन,‘यतिखेर सामाजिक सञ्जालको राम्रै सदुपयोग गर्न सकेको छु ।’

कोरोनाको कहर सुरु भए यता उनले एउटा थर्मल गन छैन् स्वास्थ्यकर्मीको लागि पीपीइ छैन भनेर फेसबुकमैं लेखेर आफ्नो लाचारी प्रकट गरेका थिए । पैसा हुँदा पनि स्वास्थ्य सामग्री र उपकरणहरु खरिद गर्न नसकेपछि निराश बनेको मेयर थापाले आफैंले डब्लूएचओको सामग्री पढ्दै स्थानीय रुपमा सानीटाइजर र मास्क उत्पादन गर्न व्यवसायीहरुलाई उत्साहित गरे । टोले हुन् वा समूह अथवा क्लवमा संगठित सामाजिक अभियन्ताहरु साबुनपानीले हात धुने स्टेशनहरु राखे । विदेशबाट फर्किआएकाहरुलाई क्वारेन्टाइनमा बस्नको लागि अभिप्रेरित गरे ।

मेयर दुर्गाकुमार थापा फेसबुक लाइभमा

रोइ कराई गर्दै प्रदेश सरकारबाट थर्मल गन र पीपीइ सेटलगायतका अत्यावश्यक स्वास्थ्य सामग्रीहरु अभाव पूर्ति गरे त्यतिन्जेलसम्म स्वास्थ्यकर्मीहरुलाई काममा डटिरहन अगुवाई गरे । विदेशबाट फर्किआएका अटेरीहरुको सूचना फेसबुकको वालमा लेख्दै र माफी माग्दै क्वारेन्टाइनमा राखे । र, प्रत्येक टोलले बाहिरबाट आएका मानिसहरुको बारेमा सूचना संकलन गर्ने संयन्त्र तयार गरी घरघरै गएर ज्वरो नाप्न भ्याए । क्वारेन्टाइनमा बस्नेहरुको लागि कोरोना महामारीको बारेमा आफ्नो भोगाइहरुाई लिपिवद्ध गर्न सहज होस् भन्दै कलम र कापी बाँड्नुका साथै मनोविमर्शकर्ताहरुलाई बेलाबेला भेटघाट गर्न पठाए । आठ बारले नपिर्ने हो भने थापा ढुक्क छन् । अब गाउँमा नगरमा कोरोनाले कसैलाई पनि छुने छैन् । र यो अनुभवलाई पुस्तक दस हजार एक सय तेइस घरधुरी भएको बेलका नगरपालिकाको अतिविपन्न, विपन्न र ज्यालादारी गरी जीवीकोपार्जन गर्ने करिब पाँच हजार घरधुरीलाई राहत वितरणको गरे ।

स्थानीय समाजसेवीहरु, बेलका नगरपालिका घरभई अन्यत्र बसोबास गर्ने हुनेखानेहरु, मनकारीहरु, राजनीतिक दलहरु सबैले बेलका विपद् व्यवस्थापन कोषमा नगद ३३ लाख ५० हजार नगद जम्मा गरिदिएका छन् । यो सहयोग जारी छ । सम्भवतः नेपालमैं स्थानीय सरकारको विपद व्यवस्थापन कोषमा जम्मा भएको नगदहरुमध्ये सबैभन्दा बढी रकम हो यो । यसबाहेक ७६ क्विन्टल चामल पनि राहत संकलन गर्न सफल भएको छ । जिल्ला नाकाबन्दी भएपनि थापाको पहलमा काठमाडौंमा अलपत्र परेका घर आउन चाहनेहरुलाई क्वारेन्टाइनमा १४ दिन अनिवार्यरुपमा बस्ने सर्तमा भित्र्याएर जोखिम मोले । सोमबारे कोशीपुल र अम्वासी फत्तेपुरको त्रियुगा पुलमा स्वास्थ्य डेस्क खडा गरे । र, बेलका नपालाई नेपाली सेना र नेपाल रेडक्रस सोसाइटीबाट पनि क्वारेन्टाइन व्यवस्थापनमा सहयोग जुटाए ।

सामाजिक दुरी कायम राख्दै खाद्यान्न, दुध, माछामासु पसलहरु प्रत्येक दिन विहान ११ बजेदेखि २ बजेसम्म खुल्ला गरे । विपद्को बेला हुनसक्ने कालाोबजारी नियन्त्रण गर्न मूल्यसूची र बिल अनिवार्य गरे । कृषि उत्पादनलाई बजारसम्म ल्याउन स्थानीय सहकारी र नीजिक्षेत्रसँग समन्वय गरे । स्थानीय मजदुरहरुलाई राहतको बदलामा विकास निर्माणको काममा संलग्न गराउँदै रोजगारी दिने काम सुरु गरे । यसले गर्दा राहत पनि विकासको काम पनि । लिनेलाई राहत लिए जस्तो पनि भएन दिनेलाई म दानी हुँ भन्ने घमण्ड पनि भएन । विपदको बेला विपक्षी दलको सहयोग नपाए पछि चित्त दुखाउँदै भने,‘संकटको बेला पनि विपक्षी नेताले विरोधकैं राजनीति गरे ।’ तर विपक्षीले राजनीति गरे पनि समबैलाई समेटेर उपमेयर राजकुमारीको नेतृत्वमा सर्वदलीय संयन्त्र खडा गरे । जसले कोभिड १९ को कारणले उत्पन्न समस्या समाधान गर्न पहल गरिरहेको छ ।

बेलकामा नपाइने औषधी मगाउन राजेश भट्टराई ९८२०७०४८७२ सम्पर्क राख्न अुनरोध गर्दै २५० जना जति दीर्घरोगीहरुलाई घरघरैमा औषधी पु¥याएका छन । यस्ता औषधीहरु विराटनगर र धरानबाट ल्याउनु पर्छ । तालीम र गोष्ठीहरुलाई स्थगित गर्दै सम्पूर्ण रकम राहत कोषमा राखेका छन् । मापदण्ड निर्माण गरी पारदर्शीरुपमा राहत वितरण गरेका छन् । र बेलका नगरवासीको निम्ति ¥यापिड रेस्पोन्स टिमको निर्माण गरेका छन् ।

जे होस् यतिका काम कतिले गरेका होलान, नगरेका होलान । तर विपद्को बेला जनप्रतिनिधिहरु कसरी जनतामाझ जोडिन सकिन्छ र विपदलाई अवसरमा रुपान्तर गर्न सकिन्छ भन्ने कुराचैं मेयर थापाले आफ्नै पृथक शैली देखाएका छन् ।

टिप्पणीहरू