अन्ततः बोलाइए राजदूत

अन्ततः बोलाइए राजदूत

अन्ततः नेपाल सरकारले आज भारतीय राजदूत विनयमोहन क्वात्रालाई सिँहदरवारमा बोलाएर सीमा मिचिएको बारे आफ्नो सरोकार राखेको छ ।

भारतीय राजदूतलाई आज अपराह्न परराष्ट्र मन्त्रालय बोलाइँदा स्वयं मन्त्री प्रदीप ज्ञवाली उपस्थित हुनुभयो । साथमा सचिव शंकर बैरागी र दक्षिण एसियाली डेस्क हेर्ने उपसचिव यज्ञ हमाल पनि हुनुहुन्थ्यो । उहाँहरुले लिपुलेक र कालापानी क्षेत्रको नेपाली भूमि मिचिएकोप्रति आपत्ति जनाउनुभयो ।

राजदूत क्वात्रालाई सोही भेटका क्रममा नेपाल सरकारको तर्फबाट डिप्लोम्याटिक नोट दिइएको छ । उक्त नोट बुझ्ने क्रममा क्वात्राले भन्नुभयो,म प्रचलित विधिअनुसार यो नोट तुरुन्तै दिल्ली पठाउने छु । र, त्यहाँबाट आउने रेस्पोन्स यहाँ जस्तोको तस्तै प्रस्तुत पनि गर्नेछु ।

टिप्पणीहरू