प्रधानमन्त्रीज्यू,फेरि विशेषदूत नियुक्त गर्ने कि ?

प्रधानमन्त्रीज्यू,फेरि विशेषदूत नियुक्त गर्ने कि ?

पहिले प्रधानमन्त्री किन आफैं अग्रसर भएर नेपाललाई विशेष दूत बन्न बोलाउनुभयो ? अनि पछि किन आफैं चुप लाग्नुभयो, कसैले केही भेउ पाएनन् ।

भारतले नोभेम्बर ४,२०१९ मा कालापानी र लिपुलेकसमेत समेटेर नक्सा जारी गरेपछि नेपालभित्र चर्कंदै गएको असन्तुष्टिलाई सल्टाउन र सीमा विवाद सुल्झाउन भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई विशेषदूतको रूपमा दिल्ली पठाउने तय भएको धेरैले बिर्सेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओली स्वयमले माधव नेपाललाई बालुवाटारमा बोलाएर भन्नुभयाे– ‘सीमा विवादबारे एकपटक भारतको उच्चतहमा कुराकानी गर्न तपाईंलाई विशेष दूत नियुक्त गरेर पठाउने विचार गरेँ ।”

त्यसपछि नेता नेपालले भारतीय पक्षलाई कसले र कसरी खबर गर्ने भन्ने चासो राख्नुभयो । नेपालको चासो भुईंमा नझर्दै प्रधानमन्त्रीले भारतीय समकक्षीलाई आफूले फोनबाट जानकारी गराउने वा परराष्ट्र मन्त्रालयबाट औपचारिक पत्र पठाउनेमध्ये एक माध्यम अपनाउने बताउनुभयो । त्यसपछि नेपालको तयारी शुरु भयो। झट्पट् आवश्यक कागजपत्र र दस्तावेज पनि संकलन गरियो । तर,त्यसदेखि यता छ महिना बितिसक्दा पनि आजका दिनसम्म प्रधानमन्त्रीले वहाँलाई सोबारे दोहोर्याएर केही भन्नुभएको छैन । त्यो विषय त्यत्तिकै तुहिएको अवस्था छ ।

पहिले प्रधानमन्त्री किन आफैं अग्रसर भएर नेपाललाई विशेष दूत बन्न बोलाउनुभयो ? अनि पछि किन आफैं चुप लाग्नुभयो, कसैले केही भेउ पाएनन् । वहाँले के सोचेर एकाएक निर्णय परिवर्तन गर्नुभयो, त्यो पनि कसैले थाहा पाएनन् । हुनसक्छ, प्रधानमन्त्रीलाई समस्या समाधान गर्ने उद्देश्यले विशेष दूत पठाऔं भन्ने मनमा लाग्यो । फेरि पछि त्यसो गर्दा कतै भारतले असहज महसुस गर्ने पो हो कि भन्ने ठहर भयो । त्यसैले उक्त विषय उठान हुँदानहुँदै तुहिन पुग्यो । त्यसपछिको नेकपा सचिवालय बैठकमा विशेष दूतको प्रसङ्ग उठेपछि सो विषय बाहिर आएको हो ।

अहिले सोही अतिक्रमित क्षेत्रमा निर्माणाधीन सडकको उद्घाटन गरेको समाचारले भारत बिरोधी प्रदर्शन पुनः शुरु भएको छ । संसदमा पनि सबैले आवाज उठाएका छन् । आजै दिउँसो परराष्ट्र मन्त्रालयले भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर सीमा मिचिएको र सडक निर्माण गरिएकोबारे नेपाल सरकारको तर्फबाट डिप्लोम्याटिक नोट बुझाएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड दोस्रोचोटी प्रधानमन्त्री हुँदा दुईजना उपप्रधानमन्त्रीलाई उत्तर र दक्षिणका छिमेकी राष्ट्रमा विशेष दूत बनाएर पठाइएको थियो । विमलेन्द्र निधीलाई भारत र कृष्णबहादुर महरालाई चीनमा ।

नेपालको राजनीतिक इतिहासमा पुष्पकमल दाहाल प्रचण्ड दोस्रोचोटी प्रधानमन्त्री हुँदा दुईजना उपप्रधानमन्त्रीलाई उत्तर र दक्षिणका छिमेकी राष्ट्रमा विशेष दूत बनाएर पठाइएको थियो । विमलेन्द्र निधीलाई भारत र कृष्णबहादुर महरालाई चीनमा । तर ती दूतलाई कुनै विशेष योजना र विषयमा वार्ता वा छलफल गर्ने जिम्मेवारी भने थिएन ।

उता भारतले चाँहि नेपालको संविधान जारी गर्ने अघिल्लो दिन तत्कालीन विदेश सचिव तथा हालका विदेशमन्त्री एस. जयशंकरलाई विशेष दूत बनाएर पठाएको थियो । उनको कार्यभार संविधान जारी नगर्ने वातावरण बनाउन नेपालका नेताहरूलाई मनाउनु थियो । तर, त्यो सफल हुनसकेन । २०६३ बैशाखमा जनआन्दोलन उत्कर्षमा पुगेको बखत करण सिंहलाई राजा र दलहरूबीच सहमति गराउन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले औपचारिक दूत बनाएर पठाएका थिए । त्यो पनि सफल भएन ।

उता चीनसँगको सम्बन्ध सुधार गर्न राष्ट्रपति रिचर्ड निक्सनले सन् १९७१ मा हेनरी किसिञ्जरलाई विशेष दूतको रूपमा चीन पठाएका थिए । त्यसपछि चीन र अमेरिकाको सम्बन्ध सुधृएको हो ।

२०६३ बैशाखमा जनआन्दोलन उत्कर्षमा पुगेको बखत करण सिंहलाई राजा र दलहरूबीच सहमति गराउन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले औपचारिक दूत बनाएर पठाएका थिए ।

टिप्पणीहरू