सेना त्यहाँ पुग्नुको के हो संकेत ?

सेना त्यहाँ पुग्नुको के हो संकेत ?

संयोगको कुरा त के भने छयालिस बर्षअगाडि चीनसँग मित्रताको खातिर उसका बिरोधीलाई सोत्तर पार्न टिँकरमा खटिई बिद्रोही कमाण्डर गे वाङ्दीलाई ढाल्ने ब्यक्ति सुदूर पश्चिमका सैनिक जमदार दानबहादुर चन्द थिए भने अहिले त्यही त्रिदेशीय नाकामा सीमा सुरक्षाको जिम्मा लिएर सुदूर पश्चिमकै सशस्त्र इन्स्पेक्टर लिलिबहादुर चन्द जाँदैछन् ।

अनि लिपुलेकसम्म पुगी ३१ भदौ २४ को खम्पा अपरेसनमा भाग लिने अफिसरहरु क्रमशःबालानन्द शर्मा,अमर पन्त तीन तारे/बज्र गुरुङ र आदित्य समशेर (सेनापति गौरव समशेरका बुबा) मेजर जनरलसम्मको जिम्मेवारीमा पुगेका छन् ।

भारत-चीनवीच सन १९६२ मा युध्द छेडिएदेखि भारतीय सेनाले कब्जा गर्दै आएको त्यो भूभाग यदि नेपालको हुन्थेन भने यत्तिका जर्नेलहरु कसरी त्यहाँसम्म खम्पालाई लखेट्दै पुग्न सक्थे ?

टिप्पणीहरू