मोदीजी नेपाल से क्योँ खुश नहीँ है !

मोदीजी नेपाल से क्योँ  खुश नहीँ है !

नेपालसङ्ग सिमाना जोडिएको उत्तराखण्डका पूर्वमुख्यमन्त्रीले कालापानी क्षेत्रमा भएको सामरिक हस्तक्षेपविरुद्ध यता काठमाण्डौमा उठेको तरङ्गतर्फ इङ्गित गर्दै भन्नुभयो-“ए जो हो रहा है, अच्छा नहिँ हो रहा है !

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यलाई उताका प्रधानमन्त्रीको एउटा सन्देश पुगेको छ, ‘मोदीजी खुस नहीँ है ! ’

हिन्दी सिनेमा “बलिवुड” को स्वर्गरुपी मुम्बईबाट बाराखम्बा रोड, नयाँ दिल्लीस्थित हाम्रो दूतावासमा फोन गरी जनसंख्याका हिसाबले दोश्रो अनि भूगोलका हिसाबले तेश्रो ठूलो राज्य महारास्ट्रका गभर्नर तथा नेपालसङ्ग सिमाना जोडिएको उत्तराखण्डका पूर्वमुख्यमन्त्री भगतसिंह कोस्यारी ले कालापानी क्षेत्रमा भएको सामरिक हस्तक्षेपविरुद्ध यता काठमाण्डौमा उठेको तरङ्गतर्फ इङ्गित गर्दै भन्नुभयो-“ए जो हो रहा है,अच्छा नहिँ हो रहा है !” प्रधानमन्त्री केपी शर्मा ओलीले पाउने गरी कोस्यारीले भन्नुभयो, ‘मोदीजी आप लोगोँ से खुशी नहीँ है ।’

नेपाल-भारत सम्बन्धका बहु आयामको अध्ययन गरी १९५० को शान्ति तथा मैत्री सन्धिलगायत जो चाहिने कुरामा सुधार गर्न गठित समिति इपिजीमा उहाँहरु दुबैजना सदस्य हुनुुहुन्थ्यो,अनि दुबैजनाको उमेर पनि उस्तै ।

कोस्यारी सन् २००१ देखि ००२ सम्म उत्तराखण्डको मुख्यमन्त्री हुनुुहुन्थ्यो । त्यही क्षेत्रबाट २०१४ मा गुजरातबाट मोदीसँगै लोकसभामा प्रवेश हुुनुभयो । अहिले महाराष्ट्र (मुम्बईसहित) को गभर्नर हुनुुहुन्छ । कालापानीलाई भारतले त्यही उत्तराखण्डअन्तरगतको भूभाग मान्दछ ! यही राज्यको प्रमुख शहर देहरादुन र नालापानीसम्म हाम्रा पुर्खाले दुई सय बर्षअगाडि नेपालको चन्द्र सूर्य अङ्कित झण्डा फहराएका थिए !

अहिले चर्किरहेको लिपुलेक विवादमा भारतीय प्रधानमन्त्री नेपालप्रति उति खुशी नहुनु भएको सन्देश यिनै कोस्यारीमार्फत आएको हो ।

नेपालले मनमोहन अधिकारीको पालादेखि कराएर मात्रै होइन,भारतले पनि हुन्छ त नि भनेपछि गठन भएको इपिजी (द्विदेशीय बौद्धिक समूह) मा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका कोस्यारीको यही सन्देश हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले हिजोको क्याबिनेट बैठकमा शेयर गर्नुभएको हो ।

भारतले लिपुलेक क्षेत्रमाथि जतिबेलादेखि आफ्नो चासो राख्दै आयो, नेपालबाट त्यसबेला कुनै चासो प्रकट गरिएन । यसकारण अहिले समस्या जटिल बन्न पुगेको जानकारहरु बताउँछन् । सन् ०७० तिरै नेपालले डटेर कुरा उठाएको भए आज एउटा समाधान हुन्थ्यो । अहिले त जब जब नेपाल अप्ठ्यारोमा हुन्छ तब तब घाँटी निचोर्ने प्रवृत्ति झन बढ्दो छ !

भगतसिंह कोस्यारी र नीलाम्बर आचार्य

टिप्पणीहरू