चिनियाँ सेनाको विमान काठमाडौंमा
नेपाल सरकारले सेनामार्फत किनेको उपचार सामग्री बेलैमा आउन ढिलाइ भएपछि उताबाट सहायतास्वरुप स्वास्थ्य उपकरण र औषधिहरु लिएर चिनियाँ जनमुक्ति सेनाको जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको छ ।
नेपाल सरकारले पैसा तिरेको सामग्री आउन अझै समय लाग्ने स्थितिका कारण दूतावासको नाममा सहायता सामग्री आएको हुनसक्ने स्रोतको भनाइ छ । चाइना एयर फोर्सको विमानले ३९१ वटा बक्सामा १ लाख १६ हजार ९ सय ८४ पिस १३ थरी मेडिकल सामग्री ल्याएको छ ।
पैसा भुक्तानी भैसकेर पनि भन्सार क्लियरेन्स, सामान संकलन, कार्गो जहाजको समस्या जस्ता कारणले आपूर्ति हुन सकेको थिएन । त्यसमाथि हिजोदेखि झन कोरोना संक्रमण फैलिएको छ ।
टिप्पणीहरू