रेलै घुमेर
मंगलबार नेपालमा कोरोनाका ८३ संक्रमित पुष्टि भइरहँदा भारतीय रेलवे सेवा सञ्चालन भयो । त्यो समाचारको रुप रेल चल्ने भए पनि नेपालका लागि यसको सार हो, अब संक्रमित अचम्मैसँग बढ्नु ।
नेपाली भाषा जान्ने गैरनेपालीदेखि भाषा जान्नेका नातागोतासम्म ती रेलबाट छिर्ने करिव–करिव निश्चित छ । नेपाल छिर्नका लागि पारीको नाकामा घुस, घुर्कीदेखि बल प्रयोगसम्म गर्न मान्छेहरु तयार हुने गरेका छन् । फलस्वरुप, वीरगञ्जमा पत्रकारसहितका सर्वसाधारणमा संक्रमण देखिएको छ । त्यहाँ देखिएको संक्रमण भारतबाट भित्रिँदै समुदायमा पुगेको हो ।
टिप्पणीहरू