प्रभुकहाँ पुग्न घाँटीमा प्रहार

प्रभुकहाँ पुग्न घाँटीमा प्रहार

मध्यरात उनले आफ्नै घाँटीको वरिपरि चक्कुले रेटेर नशाहरु छिनालिदिए ।

लकडाउनले विरक्तिएका एक किशोर ‘प्रभुको घर’ पुगेका छन्- मध्यरात आफ्नै घाँटी रेटेर ।

नेपालको पछिल्लो कोरोना संक्रमणको रफ्तार बढ्नुमा दिल्लीको तबलिगी जमात अर्थात् इस्लाम धर्मावलम्बीको निर्वाध नेपाल प्रवेश पनि यौटा  कारक हो । यसमा निश्चित धर्म वा सम्प्रदायको भन्दा नेपाली व्यवस्थापन को फितलो  कार्यशैली कारक छ ।

धर्मको दोष त होइन तर त्यसको बुझाईमा खोट हुँदा एक किशोर ‘प्रभुको घर’ पुगिछाडे । यी किशोरलाई अन्धो बनाएकोचाहिँ बाइबलले हो । उनी कृश्चियन धर्म मान्थे ।

दक्षिणकाली नगरपालिका–४, बाराही टोलमा दिदी–भिनाजुसँग डेरा गरी बस्ने मोरङ, केराबारीका २३ वर्षीय किशोर असित मगरले वैशाख १३ गते राति १२ बजेको ‘साइत’ निकालेर आफूलाई ’प्रभुको घर’ लैजान छुरीले आफनो घाँटी रेटेका हुन् ।

परिवारका सदस्यले बताएअनुसार, असित लागुऔषधका दुर्व्यसनी पनि थिए । अवसरको खोजी गर्न काठमाडौं बस्दै आएका उनी कोरोना संक्रमणका कारण जारी गरिएको लकडाउनपछि विरक्तिन थाले।

लकडाउनपछि क्रिस्चियन भजन मण्डली (चर्च) हरु बन्द छन् । असितले चर्चको काम घरमै गर्न थाले । चैतको तेस्रो साता जारी भएको दोस्रो लकडाउनदेखि असितमा एक किसिमको तनाव देखिन थाल्यो। एक्लै गुनगुनाउने र अरुसँग खासै नबोल्ने भए । बेला–बेलामा भन्थे, ‘मलाई प्रभुले बोलाउनुभएको छ, म प्रभुको घरमा जान्छु ।’

प्रभु, अर्थात् क्रिस्चियन धर्मावलम्बीले येशु ख्रिष्टका रुपमा आदर गर्ने पात्रप्रति असितको मोह बढ्दो थियो । तर, उनले भन्ने गरेका कुरालाई परिवारले त्यति गम्भीर रुपमा लिएन । किनभने, उनी आफैँ पनि लागुऔषध सेवनकर्ता हुनुका कारण उनका व्यवहारहरु नशाका कारण बद्लिएको उनीहरुको बुझाई थियो । तर, १३ गते मध्यरात उनले आफ्नै घाँटीको वरिपरि चक्कुले रेटेर नशाहरु छिनालिदिए । परिवारले देख्दा उनी रगताम्य भएर भुइँमा ढलेका थिए ।

असितको मामिलामात्रै होइन, लकडाउनपछि काठमाडौंमा अन्य मानिसका मृत्युका अनौठा रुप र शैली देखिएका छन् । वैशाख ७ गते गुह्ेश्वरीपारिको कुमारीगल्ली ३५, ३६ वर्ष एक पुरुष मृत अवस्थामा फेला परे ।

दिउँसो ४ बजे कुमारीगाल गुह्येश्वरी टाउन प्लानिङको खाली जग्गामा ती पुरुष मृत फेला परेका थिए । उनको शरीर सेतो बोराले बेरिएको थियो । शव सडेर गन्हाउने अवस्थाको थियो ।

उनी को हुन् ? कसरी मरे वा मारिए ? अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन । त्यसअघि चैतको १७ गते ठिमीको सिभिएम स्कुलपछाडि, हनुमन्ते खोला किनारमा यस्तै अचम्मको दृश्य देखियो ।

एकजना किशोरी मृत अवस्थामा थिइन् । घटनास्थलमा उनको नीलो रंगको सुरुवाल, कलेजी रंगको बुट्टेदार कुर्था बरामद भएको छ । तर, उनीचाहिँ अर्धनग्न अवस्थामा थिइन् ।

यो घटना पनि कसरी भयो ? यसबारे प्रहरी अझै निश्कर्षमा पुग्न सकेको छैन ।

एकजना किशोरी मृत अवस्थामा थिइन् । घटनास्थलमा उनको नीलो रंगको सुरुवाल, कलेजी रंगको बुट्टेदार कुर्था बरामद भएको छ । तर, उनीचाहिँ अर्धनग्न अवस्थामा थिइन् ।

टिप्पणीहरू