कोरोना कहरका बीच कमरेडको जनवादी बिहे
कोरोना कहरका बीच नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहका रुकुम पश्चिम जिल्ला इन्चार्ज चन्द्रबहादुर बुढाले बुधबार भुमिगत अवस्थामा जनवादी बिहे सम्पन्न गरेका छन ।
रुकुमकाे आठविसकाेट नगरपालिका वडा नम्बर ८ निवासी बुढाले नेकपाकै विद्यार्थी संगठनमा आबद्ध रुकुमको खारा निवासी मेनका ओलीसँग भुमिगत स्थानमा जनवादी विहे सम्पन्न गरेको बताएका छन ।
थाेरै साथीहरूका बिच सामाजिक दुरि कायम गरेर पुर्ण जनवादी शैलीमा बिहे सम्पन्न गरेको बुढाले जानकारी दिए । बुढाले परम्परागत बिहे शैलीलाई परिमार्जन गरि पाटीकाे निति र सिद्धान्तमा प्रतिबद्ध हुदै साँस्कृतिक रुपान्तरणकाे सन्देश दिने उदेश्यले बिहे सम्पन्न गरेको बताएका छन ।
तत्कालीन अख्तियार प्रमुख लाेकमानसिंह कार्कीलाई कालाे माेसाे दलेर चर्चामा आएका बुढा सरकारले उनको पाटीलाई प्रतिबन्ध लगाएपछि भुमिगत छन । उनीहरुकाे बिहेलाई नेकपा राप्ति ब्युरोले अनुमति दिएपछि जनवादी शैली अनुसार बिहे सम्पन्न भएको बताईएको छ । दांगमा पार्टीको गोप्य बैठक चलिरहेको बेला पक्राउ परेका उनी केही समय अगाडि मात्रै अदालतबाट रिहाइ भएका थिए ।
बिवाह खर्च सामाजिक कार्यमा लगानी
उनीहरुले बिहेमा हुनेछ फजुल खर्च कटौती गर्दै समाजसेवामा लगानी गरेका छन । रुकुमको आठविसकाेट नगरपालिकामा निर्माण गरिएको काेराेना अस्पतालकाे लागि २५ हजार र सहिद गाेकुल राना कि श्रीमती मालति राना (बबई गाउँपालिका धनुबास दाङ)लाई २५ हजार सहयोग गरेकाे बताएका छन ।बिहे खर्चको लागि छुट्टयाइएको ५० हजार समाजसेवामा लगानी गरेको चन्द्र बुढाले जानकारी दिए ।
टिप्पणीहरू