सुनिताको नाममा उठेको करोडौं रकम कोरियामा क्वाप्प !
नेपालीहरु विभिन्न काम र बहानाले बिदेश गएका हुन्छन् । त्यहाँ रहदा नेपालीको हक र हितका लागि भन्दै समूह तथा संघ संस्था बनाएर स्वार्थपुर्ति गर्ने पेशा पनि बढिरहेको पाईन्छ । विभिन्न देशमा नेपालीहरुकै मेहनत र लगानीमा खोलिएका प्राय ती संघ सस्थाहरु सुरासुन्दरी, रकम हिनामिना, मनपरितन्त्र लगायतका कुराले बिबादास्पद भएको पाईन्छ ।
दक्षिण काेरियामा खुलेका विभिन्न नामका दुई सय बढि नेपाली संघ संस्थाहरु मध्य अन्नपूर्ण सेवा समाज थेगु दक्षिण काेरिया नामक सस्था आर्थिक अपारदर्शीता र हिनामिनाका कारण निष्क्रिय भएको छ । सन २०१८ सम्म सक्रिय रहेको यस सस्थाको रकम पारदर्शिताको कुरा चर्कदै जादा अहिले बन्द अवस्थामा पुगेको छ । यस सस्थाले २०१८ को तिज कार्यक्रममा नेपालबाट गायिका सुनिता दुलाललाई काेरिया ल्याएर भब्य कार्यक्रम पनि आयोजना गर्यो । नेपालीहरुले आफ्नो पसिना बगाएर जम्मा गरेको रकम नेपाली संस्कृतिको जगेर्ना गर्न भन्दै सक्दो रकम आयोजकलाई दिए । ‘कार्यक्रमको खर्च समेत कटाएर करिब एक करोड रकम जोगिएको थियो,’ समाचार श्रोत भन्छ -‘ अन्नपूर्ण सेवा समाज थेगु दक्षिण काेरियाका अध्यक्ष नगेन्द्र मगरले सबै रकम कुम्ल्याए, त्यतिबेला देखि याे संस्थाका दशा लाग्यो।’ कार्य समितिलाई छल्दै ढाट्दै अध्यक्ष थापाले अन्तत संस्थालाई बन्द नै गराएको आरोप छ ।
तत्कालीन सचिव हाल तमुधी थेगु शाखाका सचिव तत्कालीन अन्नपूर्ण समाजका सचिव बेल गुरुङले हिसाबकिताब खाेजि गरिरहे पनि गुरुङलाई पनि चुपचाप पारियाे । बोल्ने र रकम खोज्नेलाई मुखमा बुझो लगाईदिएपछी अध्यक्ष नगेन्द्रले खुलेयाम एक करोड काेरियनवन पचाएको श्रोतको दाबी छ । संस्थाका अन्य पदाधिकारीहरुले पनि बेला बेला हिसाब किताबको बारेमा कुरा उठाए उनलेे धम्काएर कुरा थामथुम पार्ने काम गरेका थिए ।
उनै थापा अहिले थेगु क्षेत्रमा स्थापना भएको नेपाली संघ संस्थाहरुकाे छाता संगठनकाे अध्यक्ष बनेका छन । त्यहा पनि उनको राम्रै हालिमुहालि चलेको छ । नेपालकाे दाङ घर भएका थापा काेरिया बस्न थालेको १५ बर्ष पुग्यो । श्रोत भन्छ-‘ ऊनी विना भिषा काेरियामा बसाेबास गरिरहेका छन ।’
आर्थिक हिनामिना र संस्थाकाे बजेट दुरुपयोग गरेको विषयमा विवाद छताछुल्ल भएपनि कार्वाही गर्ने निकाय भेटिदैन । उजुरी गरेपनि कार्वाही नहुने सम्भावना भए पछि उजुरी पनि हुदैन । काेरियामा दर्जनौं संघ संस्थामा यस्ता घटना बर्ष बर्षमा बाहिर आउछन । यस्तै गतिविधिले थुप्रो संस्थाहरु निष्क्रिय भएर जान्छन् । संस्था निष्क्रिय भएपछि संस्थाका आर्थिक हिसाबकिताब पनि स्वत निष्कर्ष भएर जान्छन् ।
टिप्पणीहरू