कुन कुन सचिव कता जाने ?
लकडाउनका बेला दौडधुप र भनसुन गर्न पनि गाह्रो । त्यही भएर नेपाल सरकारका रिक्त दुई र बाँकी अर्को एक सचिवको पदस्थापनका लागि आकांक्षीहरुलाई अप्ठेरो छ ।
हिजो बुधबार शिक्षा सचिव खगराज बराल र सञ्चार सचिव दीपक सुवेदीले बुधबार अवकास पाए । श्रम,रोजगार तथा सामाजिक सुरक्षा सचिव विनोद केसी पनि जेठ २० गते अनिवार्य अवकासमा जाँदैछन् ।
जानेहरु त बाटो लाग्ने नै भए । त्यहाँ पुग्नेहरुका बाटो भने कोरोनाले छेकिदिँदा अप्ठेरो परेको हो ।
खालि भएका मन्त्रालयका लागि गण्डकी प्रदेशका प्रमुख सचिव हरि बस्याल,बागमति प्रदेशका तोयम राय र ५ नं. प्रदेशका तोयनारायण ज्ञवालीहरुवीच प्रतिस्पर्धा चलेको छ । आकांक्षीहरु यसबाहेकका पनि छन् । भर्खरै काठमाडौं महानगरपालिका पठाइएका एकनारायण अर्याललाई सञ्चार मन्त्रालय दिएर अरु आकांक्षीमध्येबाट महानगरमा पठाउने कि भन्ने चर्चा पनि छ ।
तर, कोरोनाले कस्तो स्थिति बनायो भने, भित्र–भित्र कुरा चल्ने,बाहिर पत्तो नहुने । अहिले देशका सचिवहरु यो समस्याले आक्रान्त छन् ।
टिप्पणीहरू