अर्थलाई क्या आनन्द

अर्थलाई क्या आनन्द

बजेट महाशाखाका सहसचिवहरु को-को कता गए सूची हेर्दा थाहा भैहाल्छ ।

यसपालि अर्थ मन्त्रालयलाई कति हाइसञ्चो छ भने,बजेट बनाउनुअघि बहालवालासहित पूर्वप्रधानमन्त्री,पूर्वमन्त्रीदेखि सांसदहरुको ताँती लाग्थ्यो, अहिले त्यो स्थिति छैन ।

अनि ‘हजुर,केही राख्नु छ कि’ भन्दै चाकडी बजाएर सुविधा लिने ब्युरोक्रेसीको ठूलो मौका पनि खत्तम ।

भोलिको नीति तथा कार्यक्रम र १५ गते पेश हुने आर्थिक वर्ष २०७७–०७८ को बजेट भाषणअघि अर्थमन्त्रालयको माहौल हो यो । कोरोनाका कारण सबैतिर सुनसान छ,अर्थमा पनि त्यसैको प्रतिबिम्ब झल्किन्छ ।

नत्र विगतमा ‘हजुर, केही राख्नु छ कि’ भनेकै भरमा धेरैले महाबाणिज्यदूत,महानिर्देशकजस्ता जागिर पकाए । बजेट महाशाखाका सहसचिवहरु को-को कता गए सूची हेर्दा थाहा भैहाल्छ ।

दवाव शून्यताबीच तयारी भइरहेको बजेटमा यसचोटि केही फरक शैलीका साथ योजनाहरु समावेश गरिँदै रहेको अर्थस्रोतले जनआस्थालाई बतायो ।

विगतमा पुल,कल्भर्ट,विद्यालय,स्वास्थ्य चौकीजस्ता शीर्षकमा रकम विनियोजित हुन्थ्यो । त्यसरी अमुक शैलीमा रकम विनियोजन हुने, कार्यान्वयन नहुने क्रमको अन्त्य गर्न यसचोटि परिणाममुखी कार्यान्वयनलाई दृष्टिगत गर्दै कुनै विद्यालयका लागि रकम विनियोजन हुँदा त्यहाँको शौचालय, ल्याब, पुस्तकालय वा कुन विषयका लागि रकम हो,त्यो खुलाउन लागिएको छ ।

टिप्पणीहरू