प्रमाण पल्टाएर हेरे हुन्छ, वार्तामा बस्न के को डर छ ?

प्रमाण पल्टाएर हेरे हुन्छ, वार्तामा बस्न के को डर छ ?

प्रमाणमा समस्या होइन । यो भारतको रणनीतिक ज्यादती हो । चीनसङ्गको व्यापारमा केन्द्रित भएर बलमिच्याइँ गरिएको हो ।

कुनै पनि देशको सिमानाको सबभन्दा बलियो प्रमाण दुईपक्षीय सम्झौतामा आधारित नक्सा हुन्छ ।

यदि यस्तोमा पनि विवाद उत्पन्न भयो भने इतिहासमा सिमांकनसँग तेस्रो मुलुकको सम्बन्ध छ,छैन भनेर हेर्नुपर्छ । त्यसरी पनि भएन भने अर्को सीमावर्ती छिमेकी मुलुकलाई मध्यस्थकर्ता बनाएर विवाद छिनोफानो लगाउने गरिन्छ ।

अहिले कालापनी–लिपुलेक क्षेत्रमा मिचिएको नेपालको सिमाना विवाद हल गर्न नेपालसँग माथि उल्लेख भएमध्येका दुई बलिया प्रमाण छन् । अर्थात्, सुगौली सन्धिमा दुबै देशका आधिकारिक प्रतिनिधिको हस्ताक्षरयुक्त नक्सा नेपालसँग छ । यदि,त्यसलाई अस्वीकार गर्ने हो भने भारत उपनिवेश भएको बेला ब्रिटिशले बनाएको नक्सा पनि सुरक्षित छ । त्यो न भारत,न नेपाल,कसैले केरमेट वा तयार पारेका हैनन्,विशुद्ध ब्रिटेनले आफू अधीनस्थ भूमि (भारत) को सीमा अद्यावधिक गरेको हो । १८१६ मा नेपालसङ्ग महाकालीलाई दुई देशवीचको अन्तिम सिमाना मानेर १३१ बर्षसम्म त्यसैलाई सम्मान गर्दै उसले महात्मा गान्धी,जवाहरलाल नेहरुलाई हिन्दुस्तान छोडेर जाँदा त्यही नक्सा दिएर गएको छ र आजसम्म भारत त्यही नक्साका आधारमा चलेको छ ।

यसबीच,बेलायतीहरु आफ्नै भूमि इङ्ग्ल्याण्ड फर्किनुअघि १९४७ मा पाकिस्तान अलग पारिदिए । पछि बंगलादेश विद्रोहको माध्यमबाट अलग राष्ट्रको हैसियतमा रहन पुग्यो । पाकिस्तान, बंगलादेश र अहिलेको भारत पनि त्यही ब्रिटेनले १९४७ मा दिएर गएको नक्साका आधारमा चलेका छन् । तर,समस्याचाहिँ नेपालमा सिर्जना भएको छ, त्यो पनि सबै प्रमाणले नेपालकै भूमि प्रमाणित हुँदाहुँदै ।

यस्तो समस्या उत्पन्न भएपछि त्यसलाई समाधान गर्न नेपालले तयारी थालेको छ,भारतसँग भर्चुअल वार्ताको । यसका निम्ति भूमि व्यवस्था र परराष्ट्र मन्त्रालयका अधिकारीलाई तयारी गर्न भनिसकिएको छ ।

अहिले विवादको मुख्य जड काली नदीको सिमाना हो । नेपालका भूमि व्यवस्था,परराष्ट्र मन्त्रालयसहित पुरातत्व विभागसँग नक्साहरु छन् । सुगौली सन्धिअनुसारको नक्सामा जाँदा र त्यसलाई भारतले मान्छु भन्दा समाधान पनि हुन्छ ।

तर,हामीसँग भएका ती नक्सा नेपालमै निर्मित वा मुद्रित हैनन्,लाइब्रेरी अफ अमेरिका र ब्रिटेनबाट ल्याइएका हुन् ।

नेपालको तर्फबाट यो मामिला हल गर्न विज्ञ समूह गठन गर्ने तयारी छ ।

सन् १८१६ मा नेपाल र भारतबीच भएको सुगौली सन्धिको सक्कलप्रति कानुन मन्त्रालयमा छ । भूमि व्यवस्था मन्त्रालयसँग त्यसको प्रतिलिपी छ । र,त्यो सहित चारवटा पूरक सन्धिका आधारमा समस्या समाधान गर्ने विधि प्रशस्त छन् । ती हुन्, १८१६ जनवरी र मार्चको ! त्यसपछि १८६० मा अर्को पूरक सन्धि भयो । त्यो सन्धिका आधारमा बाँके,बर्दिया,कैलाली  र कञ्चनपुरजस्ता नेपाली भूभाग भारतबाट फिर्ता आयो र त्यसलाई नयाँ मुलुकका नाममा चिनियो । फेरि १८७५ मा अर्को पूरक सन्धि भयो ।  त्यसपछि बल्ल महाकाली सन्धि भएको हो ।

१९४७ मा ब्रिटिशले छोड्दाकै नक्साका आधारमा गत वर्ष भारतले आफ्नो देशको आठौँ संस्करणका रुपमा नक्सा सार्वजनिक गरेको हो । जसमा लिपुलेकसहितका भूमिलाई नेपालबाट हटाइएको छ ।

त्यो नक्सामा पनि काली नदी नेपालतिरै उल्लेख छ । नक्सामा काली नेपालको भनेर नस्वीकारिएको भए भारतीयले काली नदी नै लेख्दैन थियो । त्यसैले प्रमाणमा समस्या होइन । यो भारतको रणनीतिक ज्यादती हो । चीनसङ्गको व्यापारमा केन्द्रित भएर बलमिच्याइँ गरिएको हो ।

अहिले चर्चा छ,पहिला–पहिलाका (सन २०१२ मा प्रकाशित) आठ कक्षाको  पाठ्यपुस्तकमा नेपालको पश्चिमी सीमा अन्त्य हुँदाको नक्सामा एउटा चुच्चो देखिन्थ्यो । पछि त्यो कसरी हरायो ?

वास्तवमा त्यो सीमा नक्सा होइन । सुगौली सन्धिमा निर्धारण गरिएको सीमा नक्सामा दुबै देशको हस्ताक्षर छ,जसमा काली नदीदेखि गर्ज्याङसम्मको भूभाग नेपालमा पर्छ ।

पुरानै निगरानी

भारतले वर्षौंदेखि छाङरुबाट अगाडि बढ्ने प्रत्येक मान्छेलाई निगरानी गर्ने गरेको छ । जनआस्थाले २०५२ सालमा मानसरोबरबाट फर्किएका पूर्वप्रधानन्यायाधीश,वरिष्ठ अधिवक्ताहरुको टोलीलाई राइफल तेस्र्याएको प्रसंग हिजो खुलासा गरेको छ । त्यसअघि नै, सन् १९९२ मा त्यहाँ पुगेका चार नापी सर्वेक्षकलाई समातेरै राखिएको इतिहास रहेछ ।

नेपालको नापी टोली त्यसपछि (०४६–०४७) त्यहाँ पुगेन । केही महिनाअघि जिपिएस अव्जर्वेशनका लागि तीन सर्वेक्षकको टोली गयो, तर मौसमले साथ नदिँदा उनीहरुले पूरै काम गर्न भ्याएनन् । उनीहरु छाङरुभन्दा माथि पुगेका थिए ।

सुगौली सन्धिमा दुबै देशका आधिकारिक प्रतिनिधिको हस्ताक्षरयुक्त नक्सा नेपालसँग छ । यदि,त्यसलाई अस्वीकार गर्ने हो भने भारत उपनिवेश भएको बेला ब्रिटिशले बनाएको नक्सा पनि सुरक्षित छ । त्यो न भारत, न नेपाल, कसैले केरमेट वा तयार पारेका हैनन्, विशुद्ध ब्रिटेनले आफू अधीनस्थ भूमि (भारत) को सीमा अद्यावधिक गरेको हो । १८१६ मा नेपालसङ्ग महाकालीलाई दुई देशवीचको अन्तिम सिमाना मानेर १३१ बर्षसम्म त्यसैलाई सम्मान गर्दै उसले महात्मा गान्धी,जवाहरलाल नेहरुलाई हिन्दुस्तान छोडेर जाँदा त्यही नक्सा दिएर गएको छ

 

टिप्पणीहरू