कोरोना नेपालमा कमजोर भएकै हो ?

कोरोना नेपालमा कमजोर भएकै हो ?

कालिमाटी तरकारी बजारमा हिजो तीनसय जनाको स्वाब परीक्षण गरिएको छ । आज बिहानदेखि काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा खटेका सात सयजना कुचिकार र कर्मचारीको परीक्षण थालेको छ ।

कोरोना संक्रमितको संख्या बढेपछि अत्यधिक भीड हुने काठमाडौंको कालिमाटी तरकारी बजारमा हिजो तीनसय जनाको स्वाब परीक्षण गरिएको छ । त्यसको रिपोर्ट भने आइसकेको छैन । आज बिहानदेखि काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनमा खटेका सात सयजना कुचिकार र कर्मचारीको परीक्षण थालेको छ ।

अधिकारीहरुले काठमाडौंमा कोरोना संक्रमणको परिस्थिति काबुभित्रै रहेको आँकलन गरेका छन् । भोलिका दिनमा उपत्यका बाहिरबाट थप संक्रमित भित्रिए मात्र अवस्था भयावह हुने निश्कर्ष निकालिएको छ । तर पनि बाहिरबाट लुकिछिपी र विभिन्न बहानामा भित्रिने क्रम रोकिएको छैन ।

हिजो दहचोककी सात वर्षे बालिकामा संक्रमण पुष्टि भएपछि गरिएको अनुसन्धानमा उनी बाराबाट एम्बुलेन्समा काठमाडौं आएको पुष्टि भएको छ । बारामा रहेको मामाघरबाट फर्किएकी उनमा संक्रमण देखिएको हो । चन्द्रागिरी नगरपालिकामा अस्ति पुष्टि भएकी महिला कञ्चनपुरबाट र भक्तपुरमा पुष्टि भएकी सुनसरीबाट आएकी थिइन् । काठमाडौंमा हालसम्म लुकिछिपी बाहिरी जिल्लाबाट र लकडाउन अघि विदेशबाट आएकाहरुमा मात्र कोरोना संक्रमण देखिएको छ ।

अर्कोतर्फ,अहिलेसम्म नेपालमा पुष्टि भएका कसैमा पनि कोरोनाको कुनै लक्षण देखिएको थिएन र छैन । आशंकामा गरिएको परीक्षणमा मात्र पुष्टि भएको हो । नेपालमा संक्रमित भनिएका कसैलाई पनि ज्वरो आएको छैन, रुघा वा सुख्खा खोकी पनि लागेको छैन । पखाला चलेको छैन र स्वासप्रश्वासमा सामान्य समस्यासमेत देखिएको छैन । त्यसैले अहिलेसम्म कसैलाई पनि भेन्टिलेटेरमा राख्नुपरेको छैन । सामान्य आइसोलेसनमा राखेकै भरमा केही सातापछिको परीक्षणमा कोरोना नेगेटिभ देखिने गरेको छ ।

युरोप,अमेरिकालगायत विकसित देशमा बृद्ध बृद्धालाई सबैभन्दा बढी गाँजेको छ । नेपालमा हालसम्म एकजना बृद्धामा मात्र पुष्टि भयो, उनी पनि निको भइसकेकी छन् । कोरोनाको विश्वव्यापी संक्रमणमा हाम्रोमा देखिएको अवस्थालाई नयाँ स्वरुप भन्न थालिएको छ । विज्ञहरुका अनुसार हाम्रो खानपानको विशिष्ट शैलीले पनि संक्रमण र यसको असरमा नयाँ स्वरुप देखिएको हुनसक्छ ।

विशेषगरी खुर्सानी, अमिलो, बेसार, अदुवा,ल सुन, टिम्मुर, दालचिनी, जिरा, मरिच, धनियाँ, मेथी र ज्वानोजस्ता धेरै किसिमका मरमसलाको नियमित सेवनले पनि हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढेको हुनसक्छ । ती मसलाको प्रयोगसँगै हाम्रा पुर्खाले सयौं वर्षदेखि तातो खाना खानुपर्ने मान्यता राखेका थिए । यसले पनि नेपालमा भेटिएका संक्रमितहरुमा अन्यत्रको झैं जटिल समस्या नदेखिएको हुनसक्छ । तर, यसको औपचारिक र वैज्ञानिक अनुसन्धान भने भइसकेको छैन ।

उता,भारतमा पौनै एक लाखको हाराहारीमा संक्रमितको संख्या पुगिसक्दा पनि मृत्युदर भने निकै कम छ । निको हुनेको दर तुलनात्मक रुपमा अन्यत्रको भन्दा धेरै छ । भारतमा समेत हाम्रैझैँ मसालेदार खानपानले कम क्षति देखिएको अनुमान गरिएको छ । पश्चिमा राष्ट्रहरुमा सुगर र मुटुसम्बन्धी रोगका बृद्धहरुको संख्या अत्यधिक छ । उनीहरुले मन पराउने चिसो र सादा खाना अनि चिसो वातानुकूलित वातावरणले पनि कतै कोरोना भाइरस फैलन सहयोग पुगेको हो कि भन्नेहरु थुप्रै छन् !

नेपालमा संक्रमित भनिएका कसैलाई पनि ज्वरो आएको छैन, रुघा वा सुख्खा खोकी पनि लागेको छैन । पखाला चलेको छैन र स्वासप्रश्वासमा सामान्य समस्यासमेत देखिएको छैन । त्यसैले अहिलेसम्म कसैलाई पनि भेन्टिलेटेरमा राख्नुपरेको छैन ।

टिप्पणीहरू