झाडीमा पिसाब फेर्न गएका ठेकेदार लुटिए
पाल्पामा एक ठेकेदारसहित तीनजना लुटिएका छन् । निर्माणाधीन पूर्वखोला पहुँच मार्ग र स्यालबिसौना–थोर्गा–पानीट्यांकी सडकका ठेकेदार सुमन पन्थसहित अर्का दुई जनाको साथबाट नगद २० लाख लुटिएको हो ।
गए राति पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको प्र. ३ ०१–०२४ च ९१४३ नम्बरको कारमा सवार पन्थसहित दुई जना तानसेन नगरपालिका–५, ढुंगाखानी नजिकै कार रोकेर पिसाब फेर्न झरेका थिए । सोही क्रममा उनीहरू लुटिएको प्रहरीले जनाएको छ ।
लुटेराहरू हेल्मेटले हानेर उनीहरुको साथमा रहेको नगद तथा कारको साँचोसमेत लिएर फरार भएका थिए । कुटपिटबाट घाइते तीनै जनाको अहिले लुम्बिनी मेडिकल कलेज प्रभास, पाल्पामा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख जनकबहादुर शाहीले घटनामा संलग्न रहेको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जानकारी दिनुभयो छ ।
टिप्पणीहरू