हुण्डीको पैसा मोटरसाइकलको ट्याङ्कीमा, भारतीय नागरिक पक्राउ

हुण्डीको पैसा मोटरसाइकलको ट्याङ्कीमा, भारतीय नागरिक पक्राउ

हुण्डी कारोबारमा संलग्न भारतीय नागरिक नेपाल–भारत सीमा क्षेत्रबाट समातिएका छन् । पैसाको बिटो लिएर नेपाल पसेका रक्सौलका २५ वर्षीय राकेशकुमार वीरगञ्जको रजतजयन्ती चोकबाट समातिएका हुन् ।

भारतीय नम्बरप्लेटको हिरोहोण्डा मोटरसाइकल चढेर रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले शंका लागेर उनलाई सोधपुछ गरेको थियो । सो क्रममा मोटरसाइलको सिटमुनी र ट्याङ्कीमा लुकाएर राखिएको अवस्थामा स्रोत नखुलेको नेपाली रुपैयाँ ४१ लाख ५५ हजार फेला पारेको प्रहरीले जनाएको छ ।

राकेशलाई नियन्त्रणमा लिएर बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान थालिएको पर्साका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले बताए ।

टिप्पणीहरू