वृद्धाको घरमा गरगहना चोरी, सुनचाँदी पसलमा खरिद

वृद्धाको घरमा गरगहना चोरी, सुनचाँदी पसलमा खरिद

सुन चोरी गरेर भागेका आरोपी दुई जना समातिएका छन् । बागलुङको ढोरपाटन नगरपालिका,५ मस्ति घर भएकी ६८ वर्षीय हिरा कुमारी कुवरको घरबाट सुन चोरी गरेर भागेको करिब हप्ता दिनपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

गत असार २७ गते ती वृद्धाको घरबाट साढे दुई तोलाको सुनको सिक्री, ३० लालको सुनको लकेट र १५ हजार नगद चोरी भएको थियो । त्योसँगै प्रहरीले अनुसन्धान थालेको हो ।

जिल्लाको निसिखोला गाउँपालिका,७ राजकुत बस्ने ३१ वर्षीय बोम बहादुर घर्ती मगर र उनले चोरी गरेको सुन किन्ने सुनचाँदी पसल सञ्चालक बागलुङ नगरपालिका,१२ बस्ने टेक बहादुर बिकलाई हिजो पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मगरले चोरी गरेको गरगहना न्यु बलेवा एञ्जल सुनचाँदी पसललाई खरिद गरिसकेको अवस्थामा प्रहरीले फेला पारेको हो । उनीहरुलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू