बलात्कारको बात लागेपछि लहानका उपमेयर फरार

बलात्कारको बात लागेपछि लहानका उपमेयर फरार

सिराहाको लहान नगरपालिकाका उपमेयर राम चलितर महतोमाथि बलात्कार प्रयासको आरोप लागेको छ । एक महिलाले जागिरको प्रलोभनमा उपमेयर महतोले बलात्कार गर्न खोजेको भन्दै प्रहरीमा उजुर गरेकी हुन् ।

जागिरका लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै आफूलाई कोठामा लगेर महतोले जवर्जस्ती गरेको भन्दै पीडित महिलाले प्रहरीमा जाहेरी दिएकि छन् । इलाका प्रहरी कार्यालय लहानमा जबरजस्ती करणी उद्योगसम्बन्धी जाहेरी दर्ता भएको प्रहरीले बताएको छ ।

केही दिन अगाडि नगरपालिकामा दैनिक ज्यालादारीमा कम्प्युटर अपरेटरसम्बन्धी विज्ञापन खुलेको थियो । ति महिलाले कम्प्युटर अपरेटर पदमा फारम भरेकी थिइन् । जागिरको लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै कार्यकक्षको गोप्य कोठामा बोलाएर बलात्कार प्रयास गरेको महिलाले जाहेरीमा उल्लेख गरेकी छिन् ।

उपमेयर महतोविरुद्ध जाहेरी दर्ता भइसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रवक्ता तथा डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । घटना सार्वजानिक भएदेखि उपमेयर महतो बेपत्ता छन् ।

गत स्थानीय निर्वाचनमा उनले जनता समाजवादी पार्टी (जसपा)बाट उपमेयर जितेका हुन् ।

टिप्पणीहरू