अवैध चाँदीका गहना कारोबारी श्रीकुमार समातिए
सप्तरीमा अवैध रुपमा चाँदीका गहना कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । छिन्नमस्ता गाउँपालिका-३ सखडाचोकबाट पाँच केजी ६ सय ६० ग्राम चाँदीका गहनासहित कल्याणपुरमा श्रीकुमार सोनललाई प्रहरीले हिजो नियन्त्रणमा लिएको हो ।
कल्याणपुर नगरपालिका-७ बस्ने ५० वर्षीय सोनारले अवैध रुपमा लुकाएर ल्याएका उक्त गहना बरामद गरेको प्रहरीले जनाएको छ ।
हिजो सखडाबाट खटिएको प्रहरीले पैदलयात्री सोनारलाई जाँच गर्ने क्रममा झोलामा बोकी ल्याएको उक्त गहना फेला पारेको हो । पक्राउ परेका सोनारमाथि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
टिप्पणीहरू