एकथरीले बैंक ठगेको ठग्यै,अर्कोथरीले समातेको समात्यै

एकथरीले बैंक ठगेको ठग्यै,अर्कोथरीले समातेको समात्यै

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी समातिएका छन् । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका–६ घर भई हाल काठमाडौँको बुद्दनगर बस्ने २८ वर्षीय सन्तोष सापकोटा हुन् ।

सापकोटाविरुद्द उच्च अदालत पाटनले २०७९ जेठ २४ मा दुई लाख ५९ हजार रुपैयाँ जरिवाना, पाँच दिन कैद र १० हजार तीन सय ६० रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो । उक्त फैसलापछि फरार रहेकोमा उनलाई हिजो उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

उनलाई नियन्त्रणमा लिएर ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू