अर्काको फेसबुक ‘ह्याक’ गर्नसमेत पछि परेनन् नेपाली युवक

अर्काको फेसबुक ‘ह्याक’ गर्नसमेत पछि परेनन् नेपाली युवक

सामाजिक सञ्जाल फेसबुक ह्याक गरी ठग्न उध्यत एक जना युवक पक्राउ परेका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिका–१० मंगलबारे डाँडा बस्ने २० वर्षीय किरण पाठकलाई प्रहरीले समातेको हो ।

उनले फेसबुक ह्याक गरी साथी,आफन्त तथा सहकर्मीसँग रकम मागेर ठगी गरेको प्रहरीको साइबर ब्युरोले जनाएको छ । प्रहरीका अनुसार किरणले एक जनाको फेसबुक ह्याक गरी करिब डेढ दर्जनभन्दा बढी व्यक्तिबाट विभिन्न प्रकारका डिजिटल माध्यममार्फत रकम लिएका थिए ।

काठमाडौं जिल्ला अदालतको पक्राउ आदेशसहित उनलाई हिजो घरबाटै नियन्त्रणमा लिएर जिल्ला अदालत काठमाडौं पेश गर्नुका साथै विद्युतीय कारोबार ऐन,२०६३ अन्तर्गत मुध्दा चलाइएको छ ।

टिप्पणीहरू