नक्कली फर्मासिस्ट युवती प्रहरीको फन्दामा
मानव जीवनसँग प्रत्यक्ष सम्बन्धित औषधिजस्तो संवेदनशील वस्तुमा समेत बदमासी गर्ने एक युवती समातिएकी छन् । गोरखा सिलुकोट–९ घर भइ हाल काठमाडौंको सामाखुसी बस्ने २९ वर्षीया सुषमा थापालाई प्रतिबन्धित औषधि बेचेको आरोपमा प्रहरीले पक्रेको छ ।
उनले अनुमति बिना अनुमति सञ्चालित फार्मेसीमा नक्कली ‘मेडिकल पर्सन’ बनेर चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्न मिल्ने नियन्त्रित औषधि प्रयोगकर्तालाई बेच्ने गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार थापाको फार्मेसीबाट ट्रामाडोल क्याप्सुल ८१० थान, डिसाइसिओमिन ट्याब्लेट ९८० थान, डेक्स्ट्रोमेथोराफान २६५ ट्याब्लेट, स्टागन ट्याब्लेट ५३१ थान र गाबिक्स ट्याब्लेट १४२ थानसहित उल्लेख्य मात्रामा नियन्त्रित औषधि बरामद गरिएको छ ।
थापालाई नियन्त्रणमा लिएर औषधि ऐन–२०३५ अनुसारको कसुरमा कारबाहीका निम्ति औषधि व्यवस्था विभागमा बुझाइएको प्रहरीले बताएको छ ।
टिप्पणीहरू