बैकिङ मुद्दाका अर्का फरार प्रतिवादी समातिए
बैकिङ मुद्दाका फरार प्रतिवादी युवक समातिएका छन् । नुवाकोटको शिवपुरी गाउँपालिका–५ घर भइ काठमाडौं महानगरपालिका–२६, सामाखुसी बस्ने २९ वर्षीय पुरुषोतम अधिकारी बैकिङ कसुर मुद्दामा पक्राउ परेका हुन् ।
उनले आफ्नो बैंक खातामा पर्याप्त रकम नभएको थाहा हुँदाहुँदै पीडित सुमित लामालाई चेक लेखेर दिएका थिए । अधिकारीले दिएको चेकबाट रकम भुक्तान हुन नसकेपछि उनीविरुद्ध बैकिङ कसुर मुद्दामा अदालतले ४० लाख रुपैयाँ जरिवाना सुनाइएको थियो ।
त्यसलगत्तै फरार भएका अधिकारीलाई हिजो गोंगबुबाट नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारवाहीको निम्ति आज प्रहरी वृत्त, महाराजगञ्ज पठाइएको छ ।
टिप्पणीहरू