पैसाको बिटो लिएर हिँडेका भारतीय सीमा नजिकै समातिए
रौतहटमा स्रोत नखुलेको करिब पाँच लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । भारत बिहार सितामगढी नगरपंचायत बैरगनियाँ–१ पटेल टोला बस्ने ४५ वर्षीय लक्ष्मी कुमार साह अवैध रकमसहित पक्राउ परेका हुन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई चेकजाँच गर्दा उनको साथबाट चार लाख ९५ हजार अवैध रकम फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बरामद गरिएको रकमसहित साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
टिप्पणीहरू