बिदामा घर गएका प्रहरी भारतमा ब्राउन सुगरसहित पक्राउ

बिदामा घर गएका प्रहरी भारतमा ब्राउन सुगरसहित पक्राउ

जिल्ला प्रहरी कार्यालय दैलेखमा कार्यरत प्रहरी जवान भारतमा लागुऔषध सहित समातिएका छन् । बिदामा घर गएका कमल विष्ट भारतको उत्तर प्रदेशमा १३ ग्राम ब्राउन सुगरसहित फेला परेका हुन् ।

भारतीय प्रहरीले नेपाल प्रहरीलाई बुझाएकाले उनलाई जिल्ला प्रहरी कार्यालय, बाँकेले नियन्त्रणमा लिएको छ ।

विष्टलाई बाँके प्रहरीले आज जिल्ला अदालतसमक्ष पेश गर्ने तयारी गरेको बताइन्छ ।

टिप्पणीहरू