मोटरसाइकल चढेर भारत जान लागेका हमालसँग लाखौँको बिटो

मोटरसाइकल चढेर भारत जान लागेका हमालसँग लाखौँको बिटो

सर्लाहीमा स्रोत नखुलेको १५ लाख बढी रकमसहित दुई जना पक्राउ परेका छन् । मलंगवा नगरपालिका-८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट उनीहरुलाई हिजो प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपालबाट बा.९८ प ७१५८ नम्बरको मोटरसाइकल भारत जान लागेका बाँके कोहलपुर नगरपालिका-६ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका-१२ बस्ने ३५ वर्षीय जनकराज हमाललगायत दुई जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय सर्लाही र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट १५ लाख १६ हजार रुपैयाँ फेला परेपछि समातेको हो । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू