एकैदिन काठमाडौँमा ३६ सय ड्राइभरलाई पूर्जी काटियो
ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकैदिन ३६ सय बढी चालकलाई जरिवाना गरेको छ । उपत्यकाका विभिन्न स्थानमा हिजो ट्राफिक नियम उल्लङ्घन गर्ने उनीहरुलाई जरिवाना तिराइएको हो ।
जसमा फुटपाथमा पार्किङ गर्ने ३३४ , हर्नको अनावश्यक प्रयोग गर्ने १९४, मदिरा पिएर सवारी साधन चलाउने १८१, अवस्था ठिक नभएका सवारी साधन चलाउने १२३ जना रहेका छन् ।
ट्राफिक प्रहरीले ढोका खुल्ला राखेर सवारी चलाउने १०१, सडक लेन उल्लङ्घन गर्ने ९५ , रातो वत्तीको उल्लङ्घन गर्ने ६७, एकतर्फी सडकमा सो विपरित चलाउने ५८ र क्षमता भन्दा बढी यात्रु राख्ने ४३ जना सवारी चालकलाई कारबाही गरेको ट्राफिकले बताएको छ ।
टिप्पणीहरू