रुस पठाउने भन्दै, सर्वसाधारण ठग्दै

रुस पठाउने भन्दै, सर्वसाधारण ठग्दै

आकर्षक रोजगारीको निम्ति रुस पठाइदिने नाममा ठग्दै हिँडेकी एक अधवैशें महिला पक्राउ परेकी छन् । दाङको तुलसीपुर उपमहानगरपालिका १ घर भई हाल काठमाडौं महानगरपालिका २९, घट्टेकुलो बस्ने ४८ वर्षीया तुलसा भण्डारी ठगी आरोपमा समातिएकी हुन् ।

उनले विवेक ज्ञवालीलाई कामदार भीसामा मस्को पठाइदिने प्रलोभन दिएको बताइएको छ । उनले ज्ञवालीलाई त्यहाँको प्रतिष्ठित सुपरमार्केटमा मासिक तीन लाख रुपैयाँको जागिर लगाइदिने आश्वासन दिएकी हुन् ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार तुलसाले विवेकसँग चार लाख रुपैयाँ रकम लिएर सम्पर्कविहीन भएकी थिइन् । तुलसालाई प्रहरीले आज नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारवाहीको निम्ति वैदेशिक रोजगार विभाग बुद्धनगर, पठाइएको छ ।

टिप्पणीहरू