भारतीयसँग मिलेर राजधानीमा हुण्डी कारोबार, ४२ लाख बरामद

भारतीयसँग मिलेर राजधानीमा हुण्डी कारोबार, ४२ लाख बरामद

हुण्डी कारोबार गरेको आरोपमा दुई जना समातिएका छन् । काठमाडौँमा गैरकानुनी रुपमा हुण्डी कारोबार गर्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँको ढल्को बस्ने ३७ वर्षीय भारतीय नागरिक नवीन गोयल र कपिलवस्तुका ४५ वर्षीय उमेश महेश्वरी हुन् ।

उनीहरुको साथबाट हुण्डी प्रयोजनका लागि संकलन गरिएको ४१ लाख ९६ हजार रुपैयाँ फेला परेको प्रहरीको उपत्यका अपराध अनुसन्धान महाशाखाले बताएको छ ।

हिजो पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको निम्ति जिल्ला प्रहरी परिसर, टेकू पठाइएको छ ।

टिप्पणीहरू