स्रोत नखुलेको लाखौं रुपैयाँ भित्र्याउने प्रयास

स्रोत नखुलेको लाखौं रुपैयाँ भित्र्याउने प्रयास

प्रहरीले धनुषामा स्रोत नखुलेको लाखौं रुपैयाँ बरामद गरेको छ । भारतबाट त्यस्तो रकम बोकेर आएका महोत्तरीका युवक धनुषामा समातिएका हुन् । उनलाई जनकपुरधाम उपमहानगरपालिका–२१ बाट अवैध रकमसहित नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा महोतरीको भंगहा नगरपालिका–१ बस्ने २१ वर्षीय सुभमराज चौवे हुन् । भारतबाट ल्याउँदै गरेको अवस्थामा चेक जाँच गर्दा उनको साथबाट ३८ लाख ५० हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

उनी अन टेस्ट मोटरसाइकलमा सवार थिए । प्रहरीले शंका लागेर उनले बोकेको कालो रंगको झोला चेकजाँच गर्दा एक हजार दरका २९ प्याकेट, पाँच सय दरका १९ प्याकेट गरी ३८ लाख ५० हजार नेपाली रूपैयाँ बरामद गरेको हो ।

बरामद मोटरसाइकल र नगदसहित चौवेलाई थप कारवाहीको निम्ति जनकपुर भन्सार कार्यालय धनुषामा पठाइएको बताइएको छ ।

टिप्पणीहरू