बिजुली सर्ट हुँदा घर खरानी, लाखौंका सामान नष्ट

बिजुली सर्ट हुँदा घर खरानी, लाखौंका सामान नष्ट

चितवनमा भएको आगलगीमा एउटा घर जलेर नष्ट भएको छ । हिजो साँझ भरतपुर महानगरपालिका–१९, कुसुमटार बस्ने लालबहादुर लामाको कच्ची घरमा करेन्ट सर्ट हुँदा लागेको आगलागीबाट घर जलेको हो ।

आगलागीबाट लामाको घर पूर्ण रुपमा जलेको छ । घरभित्र भएका लत्ताकपडा, भाँडा वर्तन, अन्नपात सबै जलेको बताइएको छ । त्यसबाट करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । प्रहरी चौकी जुगेडीबाट खटिएको टोली र स्थानीयले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।

टिप्पणीहरू