तीन महिनादेखि भारतीय पानीजहाज टोली बिदेशी हिरासतमा

तीन महिनादेखि भारतीय पानीजहाज टोली बिदेशी हिरासतमा

अफ्रिकी मुलुक इक्वेटोरियल गिनीले भारतीय पानी जहाज एमभी हिरोइकको चालक दलका सदस्यहरुलाई पक्रेको छ । ठूलो मालवाहक जहाजले जल क्षेत्र उल्लंघन गरेको आरोप लगाइएको छ ।

इक्वेटोरियल गिनीस्थित भारतीय दूतावासले सम्पूर्ण चालक दल सुरक्षित रहेको बताएको छ । एमभी हिरोइकका चालक सदस्यहरूलाई छिटो रिहा गर्न नाइजेरिया र गिनीका अधिकारीहरूसँग नजिकबाट काम भैरहेको जानकारी दिइएको छ ।

उनीहरु गत अगस्टको मध्यदेखि हिरासतमा छन् । सम्भावित डकैतीका कारण व्यापारिक जहाजलाई अन्तर्राष्ट्रिय जलक्षेत्रमा सारिएको समाचारमा उल्लेख छ । तीन महिनाअघि चालक दलका सदस्यहरूलाई इक्वेटोरियल गिनीको नौसेनाले अन्तर्राष्ट्रिय जलक्षेत्रबाट हिरासतमा लिएको थियो ।

टिप्पणीहरू